Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब आम्दानी

नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब आम्दानी

अर्थ प्लस
नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब आम्दानी

काठमाडौं- नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । 

चालू आर्थिक वर्ष २०८२/८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको  छ । 

भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा र बङ्गलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बङ्गलादेश गरी १ हजार १६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

सम्बन्धित समाचार