Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

अर्थ प्लस
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

काठमाडौं- विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।

उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ । 

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार