Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, विभिन्न कार्यक्रमको गरी मनाइँदै

आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, विभिन्न कार्यक्रमको गरी मनाइँदै

अर्थ प्लस
आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, विभिन्न कार्यक्रमको गरी मनाइँदै

काठमाडौं, चैत २० । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु आयोजना गर्ने भएका छन् ।  देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ। 

सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतीका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ । आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समुहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बद्नाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् ।  सहकारी संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । 

सम्बन्धित समाचार