Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अरुण नदीको फेरी ६ महिनापछि पुनः सञ्चालन, पिँठ्युमा बोकेर सामान ओसार्नुपर्ने बाध्यता हट्याे

अरुण नदीको फेरी ६ महिनापछि पुनः सञ्चालन, पिँठ्युमा बोकेर सामान ओसार्नुपर्ने बाध्यता हट्याे

अर्थ प्लस
अरुण नदीको फेरी ६ महिनापछि पुनः सञ्चालन, पिँठ्युमा बोकेर सामान ओसार्नुपर्ने बाध्यता हट्याे

भोजपुर। उत्तर क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ। वर्षाका कारण गत जेठदेखि बन्द फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्। वर्षाको समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो।

फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयलले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए।फेरी पुनःसञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ। 

फेरी बन्द रहेका बेला स्थानीयले झोलुंगे पुलमार्फत पिँठ्युमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य थिए। २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ।

फेरी बन्द हुँदा झोलुंगेबाट आवतजावतसँगै पिँठ्युमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सहजता थपिएको स्थानीय दीपेन्द्र श्रेष्ठले बताए।

‘पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ’, उनले भने, ‘फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो। यहाँ पक्की पुल बने सधैंका लागि समस्या अन्त्य हुने थियो।’–रासस

सम्बन्धित समाचार