Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

कालीगण्डकी बेसीनमा १६ वर्षपछि भेटिए दुर्लभ पन्छी चिरकालिजका १८ जोडी 

कालीगण्डकी बेसीनमा १६ वर्षपछि भेटिए दुर्लभ पन्छी चिरकालिजका १८ जोडी 

अर्थ प्लस
कालीगण्डकी बेसीनमा १६ वर्षपछि भेटिए दुर्लभ पन्छी चिरकालिजका १८ जोडी 

काठमाडौं। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।

सम्बन्धित समाचार