Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?

कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?

अर्थ प्लस
कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?

काठमाडौं । देशका केही स्थानमा आंशिक बदली भए पनि आज वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 

सम्बन्धित समाचार