Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

अर्थ प्लस
पूर्व उर्जामन्त्री एवं  कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

काठमाडौं । काठमाडौंको लैनचौरमा रहेको नेपाल स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ ।

स्काउटले भाडामा दिएको जग्गामा खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ । कांग्रेस नेता तथा पूर्व उर्जामन्त्री खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको भाडा तिर्न नमानेको भन्दै खाली गर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।

तर खाली नभएपछि आज बिहानै काठमाडौं महानगरपालिकाको डोजरले उक्त जग्गाभित्र बनेका टहरा भत्काएको छ ।

 

सम्बन्धित समाचार