Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुनको मूल्यमा उल्लेखनीय वृद्धि, पुनः २.५ लाख रुपैयाँको सीमा पार

सुनको मूल्यमा उल्लेखनीय वृद्धि, पुनः २.५ लाख रुपैयाँको सीमा पार

अर्थ प्लस
सुनको मूल्यमा उल्लेखनीय वृद्धि, पुनः २.५ लाख रुपैयाँको सीमा पार

काठमाण्डौ । स्थानिय बजारमा पुनः सुनको मूल्यले साढे २ लाखको आँकडा पार गरेको छ । बिहिबारको कारोबारमा ५हजार ९ सय रुपैयाँले वृद्धि भएसँगै सुनको भाउले साढे २ लाखको आँकडा पार गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा भईरहेको छ ।  

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय कायम थियो ।  

यस्तै आज चाँदीको भाउ समेत बढोत्तरी भएको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको छ । यससँगै चाँदीको भाउ प्रतितोला ३ हजार ३४५ रुपैयाँ कायम भएको छ ।  

सम्बन्धित समाचार