Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विश्व बैंकको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने

विश्व बैंकको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने

अर्थ प्लस
विश्व बैंकको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने

काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको हो ।  

गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात् सिर्जना भएको राजनैतिक अस्थिरताका कारण सन् २०२५ मा ४.६ प्रतिशत रहने आर्थिक वृद्धिदर घटेर सन् २०२६ मा २.१ प्रतिशतमा सीमित बन्ने विश्व बैंकले जनाएको छ ।  

त्यसपछिको दुई आवमा भने पुनर्निर्माणका कामका कारण आर्थिक वृद्धिदर ४.७ प्रतिशतसम्म पुग्ने विश्व बैंकको अनुमान छ । यद्यपी यो प्रक्षेपण अनिश्चित रहेको विश्व बैंकको भनाई छ ।  

विश्व बैंकका अनुसार राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित हुन सके आर्थिक सुधारमा गतिशिलता आउने छ ।  

विश्व बैंकले सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने समेत जनाएको छ । 

सम्बन्धित समाचार