काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला ३ हजार ३४५ रुपैयाँ रहेको चाँदी शुक्रबार ६० रुपैयाँ घटेर ३ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।
