Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विदेशी लगानी प्रक्रियालाई सरल बनाउन अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ सुरु

विदेशी लगानी प्रक्रियालाई सरल बनाउन अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ सुरु

अर्थ प्लस
विदेशी लगानी प्रक्रियालाई सरल बनाउन अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ सुरु

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन ‘फोकल युनिट’ गठन गरेको छ।  

मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखामातहत रहने यो युनिटले विदेशी लगानीसम्बन्धी विषयमा अन्य मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग समन्वय बलियो बनाउने जिम्मेवारी पाएको छ।  

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, विदेशी लगानीकर्ताका लागि बैंकिङ, राजस्व तथा अन्य सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँगको प्रत्यक्ष सम्पर्क र सहजीकरण अब यसै युनिटमार्फत हुनेछ।  

लगानी प्रवाहमा आउने बाधाहरू हटाउने र समयमै सेवा सुनिश्चित गर्न यो युनिटले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार