Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

युएईको भिजिट भिसा नेपालीका लागि पुनः खुला

युएईको भिजिट भिसा नेपालीका लागि पुनः खुला

अर्थ प्लस
युएईको भिजिट भिसा नेपालीका लागि पुनः खुला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले केही महिनायता बन्द गरेको नेपाली नागरिकका लागि भिजिट भिसा फेरि खुला गरेको छ। ‘जेनजी आन्दोलन’ पछि युएईले नेपालीको भिजिट भिसा स्थगित गरेको थियो। आन्दोलनका बेला जेलबाट भागेका व्यक्तिहरू युएई पुगेका हुन सक्ने शंकाले भिसा रोकेको बताइए पनि आधिकारिक कारण खुलाइएको थिएन।  

आन्दोलनपछि युएईले कामदार भिसामा पनि कडाइ गर्दै नयाँ भिसा जारी गर्न बन्द गरेको थियो र भिसा लागिसकेकाहरूसँग पनि पुलिस रिपोर्ट मागिएको म्यानपावर व्यवसायीहरूले जनाएका छन्। नेपालीहरूका लागि युएई प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो र ठूलो संख्यामा नेपाली भिजिट भिसामा त्यहाँ पुग्ने गरेका छन्। हाल युएईमा ५ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ।

सम्बन्धित समाचार