काठमाडौं । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
निर्वाचन आयोगले साढे ७ अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए।
थप आवश्यकता परेमा भविष्यमा सहजीकरण गर्ने र हाललाई ५ अर्ब बजेट उपलब्ध गराइएको आयोगले जनाएको छ।
