Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो?

अर्थ प्लस
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपालमा मूल्य समायोजन गरेको हो।

योसँगै आयल निगमले पट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। योसँगै काठमाडौं उपत्यकासहित दोस्रो वर्गका स्थानमा प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। यस्तै, पहिलो वर्गमा १५८ रुपैयाँ हुँदा तेस्रो वर्गमा १६१ रुपैयाँ कायम भएको छ।

यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६.५३ रुपैयाँ बढे पनि नेपालमा ३ रुपैयाँ मात्रै बढेको छ। यसरी यी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४४ रुपैयाँ, १४६ र १४७ रुपैयाँ कायम भएको छ। यी मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गका लागि कायम भएको हो। 

सम्बन्धित समाचार