Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ प्लस
डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा सम्पन्न भएको हो ।

सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न सभा सम्पन्न भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको थियो ।

सम्बन्धित समाचार