Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्यको ७७.४९ प्रतिशत मात्रै प्राप्त

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्यको ७७.४९ प्रतिशत मात्रै प्राप्त

अर्थ प्लस
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्यको ७७.४९ प्रतिशत मात्रै प्राप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कार्तिक मसान्त) सम्म सरकारले ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

राजस्व व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार यो अवधिको लागि निर्धारित ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँको लक्ष्यमध्ये ७७.४९ प्रतिशत मात्र पूरा भएको हो।

कार्तिक महिनामा मात्र १ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ७८ अर्ब ३३ करोड संकलन भएको छ, जुन लक्ष्यको ७५.४९ प्रतिशत हो। गत आर्थिक वर्षको कार्तिक महिनामा भने ७६ अर्ब रुपैयाँ मात्र राजस्व उठेको थियो।

चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। चार महिनाको प्रगति हेर्दा हालसम्म लक्ष्यको करिब २२.२६ प्रतिशत राजस्व संकलन भइसकेको छ।

तुलनात्मक रूपमा गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड थियो भने कार्तिक मसान्तसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड रहेको थियो। सो वर्ष सोही अवधिमा ३ खर्ब २९ अर्ब २ करोड मात्र संकलन भएको थियो, अर्थात् चालु वर्षको चार महिने संकलन रकम गत वर्षको सोही अवधिको संकलनभन्दा करिब ४९ करोड रुपैयाँले बढी हो।

सम्बन्धित समाचार