Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

पेसीमा चढ्यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन 

पेसीमा चढ्यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन 

अर्थ प्लस
पेसीमा चढ्यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।  साथै उनले देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।

 

सम्बन्धित समाचार