Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

काभ्रेमा बसको ठक्करबाट ६५ वर्षीय बृद्धको मृत्यु

काभ्रेमा बसको ठक्करबाट ६५ वर्षीय बृद्धको मृत्यु

अर्थ प्लस
काभ्रेमा बसको ठक्करबाट ६५ वर्षीय बृद्धको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका ६५ वर्षीय दिलबहादुर श्रेष्ठलाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

श्रेष्ठको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेको प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले अरनिको राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।

 

सम्बन्धित समाचार