काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म कुल ३६ अर्ब ६८ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार सो अवधिमा ३८२ वटा नयाँ परियोजना दर्ता भएका छन् ।
परियोजनाको संख्याका आधारमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) क्षेत्र अग्रस्थानमा रहेको छ । यो क्षेत्रमा मात्र २०५ वटा परियोजना स्वीकृत भएका छन् ।
लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्रमा सबैभन्दा बढी प्रतिबद्धता आएको छ । यस क्षेत्रका १३ परियोजनामा २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी आउने अनुमान छ ।
क्षेत्रगत लगानी प्रतिबद्धता यस प्रकार छ :
- पर्यटन क्षेत्र : ११८ परियोजना – ८ अर्ब ९४ करोड
- सेवा क्षेत्र : २३ परियोजना – ३ अर्ब ९ करोड
- उत्पादनमूलक उद्योग : २१ परियोजना – १ अर्ब ६५ करोड
- ऊर्जा क्षेत्र : १ परियोजना – १८ करोड
- खनिज क्षेत्र : १ परियोजना – ४५ लाख रुपैयाँ
यसरी पहिलो चार महिनामै उल्लेख्य विदेशी लगानी प्रतिबद्धता प्राप्त हुनु सकारात्मक संकेत भएको विभागले जनाएको छ ।
