Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

भारतद्वारा विपद् प्रभावित क्षेत्रका लागि नेपाललाई १० बेली ब्रिज सहयोग

भारतद्वारा विपद् प्रभावित क्षेत्रका लागि नेपाललाई १० बेली ब्रिज सहयोग

अर्थ प्लस
भारतद्वारा विपद् प्रभावित क्षेत्रका लागि नेपाललाई १० बेली ब्रिज सहयोग

काठमाडौं । भारत सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल सुचारु गर्न नेपाललाई १० वटा बेली ब्रिज अनुदानमा दिने भएको छ । बिहीबार पहिलो ब्रिज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

हेटौंडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा उक्त बेली ब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार गत असोजको बाढी–पहिरोले अवरुद्ध बनाएको सडक, विशेष गरी कोशी प्रदेश र अन्य क्षेत्रमा यी ब्रिज जडान गरिनेछ । नेपाल सरकारको अनुरोधमा भारतले गत वर्षझैं यस वर्ष पनि १० वटा बेली ब्रिज सहयोग गरेको हो ।

“गत वर्ष भारतले दिएको १० वटा ब्रिज विभिन्न ठाउँमा जडान गरेर यातायात सुचारु गरेका थियौं । यसपटक पनि हेवा खोला, बागमती नदी, लार्छालगायत महत्त्वपूर्ण स्थानमा यी ब्रिज राखिनेछन्,” महानिर्देशक जैसीले भने ।

हस्तान्तरण गरिएका बेली ब्रिजहरू ७० मिटरभन्दा लामा, ४.२५ मिटर चौडा (सिंगल लेन) र ३८ मेट्रिक टनसम्म भार थेग्न सक्ने क्षमताका छन् । यी ब्रिज चाँडै नै विपद् प्रभावित क्षेत्रमा जडान गरी अवरुद्ध सडक खुलाइने विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माका अनुसार भारतको ‘गार्डन रिच’ कम्पनीका इन्जिनियरहरूको टोली छिट्टै नेपाल आउँदैछ । उनीहरूले नेपाली प्राविधिक टोलीलाई तालिम र क्षमता विकासमा सहयोग गर्नेछन् तथा ब्रिज जडानमा प्रत्यक्ष सहायता प्रदान गर्नेछन् ।

यस सहयोगले बाढी–पहिरोबाट प्रभावित हजारौं नागरिकको यातायात आवागमनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार