Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

मनकामना दर्शन प्रा.लि. उघोग वाणिज्य महासङ्घद्वारा सम्मानित

मनकामना दर्शन प्रा.लि. उघोग वाणिज्य महासङ्घद्वारा सम्मानित

अर्थ प्लस
मनकामना दर्शन प्रा.लि. उघोग वाणिज्य महासङ्घद्वारा सम्मानित

बिहिवार, चैत्र २९ २०८०

काठमाडौँ - नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. आर्थिक बर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन सम्मानित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रूपमा सम्मानित सो कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याइरहेको  छ ।

सम्बन्धित समाचार