Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

वर्षको अन्तिम दिनमा यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णय

वर्षको अन्तिम दिनमा यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णय

अर्थ प्लस
वर्षको अन्तिम दिनमा यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णय

काठमाडौं, चैत ३० । सरकारले चैत ३० गते अर्थात यो वर्षको अन्तिम दिन बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सूचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सार्बजनिक गरेका हुन् ।

सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

२०८० चैत ३० गतेको मन्त्रीपरिषद बैठकका निर्णयहरुः

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्नेः

क। सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र – अध्यक्ष

ख। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य– सदस्य

ग। मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि बिज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरु –

सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीशप्रसाद शर्मा पौडेल – सदस्य

डा। अर्जुनकुमार कार्की – सदस्य

स्टेला तामाङ – सदस्य

२। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने ।

३। परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा। दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गर्ने ।

४। संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।

५। राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा। अन्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।

सम्बन्धित समाचार