काठमाडौं । सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो ।
पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पनि मुख्यसचिव एकनारायण अर्यालसँगै मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएकाले दोस्रो नम्बरका सचिव अर्याललाई वरियताका आधारमा मुख्यसचिव नियुक्त गरिएको हो ।
नवनियुक्त अर्याल २०८३ असार २६ गतेसम्म पदमा रहनेछन् ।
