Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
समाचार

नेपाल सेयरधनी संघको वनभोज कार्यक्रम सम्पन्न, महासंघ बनाउन जोड

नेपाल सेयरधनी संघको वनभोज कार्यक्रम सम्पन्न, महासंघ बनाउन जोड

नेपाल सेयरधनी संघको वनभोज कार्यक्रम सम्पन्न, महासंघ बनाउन जोड

काठमाण्डौ । नेपाल सेयरधनी संघले वनभोज कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

वनभोज कार्यक्रम शनिबार काठमाण्डौको नैकाप भिलेज रिसोर्टमा सम्पन्न भएको हो । उक्त वनभोज कार्यक्रममा ४० जना भन्दा बढी सहभागी भएका थिए ।

 

कार्यक्रममा उपस्थित सबैले सेयर बजारमा आफ्ना अनुभव र तीता–मीठा भोगाइ साटेका थिए ।

उक्त अवसरमा बोल्दै संघका अध्यक्ष घनश्याम पाण्डेले पूँजीबजारमा धैर्यता एकदमै आवश्यक पर्ने बताए । पूँजीबजारमा लामो समयदेखि आवद्ध रहेको बताउँदै यस क्षेत्रमा धैर्यता आबश्यक पर्ने धारणा पाण्डेको थियो । 

त्यस्तै उपाध्यक्ष कमलराज अधिकारीले पूँजीबजारमा अनुभव नै ठुलो कुरा रहेको बताए । हिड्ने मान्छे लड्छ भने झैँ पूँजीबजारमा पनि एकपटक नडुबी कसैले कमाउन नक्सने उनले बताए । आफ्नै अनुभवले एकपटक नोक्सानी व्यहोरेपछि मात्रै बजारबाट ज्ञान मिल्ने भएकोले लगानीकर्तालाई अहिलेको समयमा धैर्यता गर्न अधिकारीले सुझाव दिए । 

बजारमा सँधै कमाउने र गुमाउने अवसर रहने पनि सहभागीहरुले बताए । कार्यक्रमा उपस्थित अधिकांसले लगानीकर्ताहरुको एउटै महासंघ बनाउन समेत जोड दिए ।

सम्बन्धित समाचार