Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

घाट निर्माण गर्दा पनि भ्रष्टचार, कमला नगरपालिका नगर प्रमुख, कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा ठेक्का

घाट निर्माण गर्दा पनि भ्रष्टचार, कमला नगरपालिका नगर प्रमुख, कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा ठेक्का

अर्थ प्लस
घाट निर्माण गर्दा पनि भ्रष्टचार, कमला नगरपालिका नगर प्रमुख, कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा ठेक्का

काठमाडौं / ठेक्का प्रक्रिया अवैधानिक रूपमा परिमार्जन गरी सरकारी कोषमा ठूलो आर्थिक भ्रष्टचार गरेको आरोपमा कमला नगरपालिका, धनुषाका नगरप्रमुखसहितका निर्माण कम्पनीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको छ । 

आयोगको अनुसन्धान अनुसार आ.व. २०७६/०७७ मा कमला नगरपालिका–३, लग्मा बजार नजिकको पोखरी डिलमा माटो पुर्ने, घाट निर्माण तथा सौन्दर्यकरणका लागि स्वीकृत रु. ७५ लाख लागतको आयोजना राष्ट्रिय बोलपत्र मार्फत अघि बढाइएको थियो।

सोही अनुसार सबैभन्दा कम कबोल रकम रु. ४२,७४,५५१/ ७१ पेश गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रा.लि. लाई मूल्याङ्कन समितिले सारभूत रूपमा प्रभावकारी भनी सिफारिस गरेको अख्तियारले अनुसन्धानमा फेला पारेको छ । 

तर, अनुसन्धानमा प्रतिवादी पालिकाको जनप्रतिनिधिलगायत कर्मचारीहरुले बदनियतपूर्वक उक्त फर्मको पेश भएको निवेदन, बैंक जमानत (रु. ६,४८,००० प्रदर्शन जमानत) लगायतका कागजात लुकाएर सम्झौताका लागि प्रक्रिया अघि नबढाएको प्रमाणित अख्तियारले गरेको छ । 

उल्टो, सेट स्क्वायर कन्सट्रक्सनलाई कालोसूचीमा नराख्ने शर्तमा ‘सम्झौता नगर्ने’ निवेदन लेखाउन दबाब दिइएको तथा केवल बिड बण्ड मात्र जफत गर्ने निर्णय नगरपालिकाको २०७७ ०२ १५ को कार्यपालिका बैठकबाट गराइएको तथ्य खुलेको छ।

यसपछि कर सहित रु. ७२, २१, ७३०/०७ कबोल गर्ने इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रा.लि., जनकपुर–४ सँग मिति २०७७/ ०२/ २१ मा अवैध मिलेमतोका आधारमा सम्झौता गरी रु. ७२,१८,६८० रकम भुक्तानीसम्म दिएको पाइएको छ। 

यसरी सेट स्क्वायर कन्सट्रक्सनले पेश गरेको सर्वाधिक घटी प्रस्ताव अस्वीकृत गरी उच्च प्रस्तावदातासँग सम्झौता गर्दा रु. २९,४४,१३७/ २९ को आर्थिक बिगो भएको प्रमाणित भएको छ।

अनुसन्धान अनुसार, यो सम्पूर्ण प्रक्रिया कमला नगरपालिकाका नगरप्रमुख राम उदगार गोइत, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मियाँ मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल संजीव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव र इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्सका अध्यक्ष सन्तोष कुमार यादवबीचको मिलेमतोमा भएको पुष्टि गरेको छ ।

अख्तियारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ लगायतका कानूनी प्रावधान विपरीत सरकारी पदको दुरुपयोग गरी आर्थिक हिनामिना गरेको ठहर गरेको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजायको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको विशेष अनुसन्धान टोलीले जनाएको छ।

सम्बन्धित समाचार