Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

दाङमा करेन्ट लगागेर १० वर्षीय बालकको मृत्यु

दाङमा करेन्ट लगागेर १० वर्षीय बालकको मृत्यु

अर्थ प्लस
दाङमा करेन्ट लगागेर १० वर्षीय बालकको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका-३ का १० वर्षीय नीरज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बबई नदीमा माछा मार्ने क्रममा बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि बालकलाई उपचारका निम्ति अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर विनोदराज अत्रीले जानकारी दिए ।

घटना अनुसन्धानका क्रममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । बालकसँगै माछा मार्न गएका चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा घटनास्थलबाट प्रहरीले जेनेटर र तार बरामद गरेको छ ।

सम्बन्धित समाचार