Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन्, चुनाव हुन्छ र हुनुपर्छ : प्रचण्ड

‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन्, चुनाव हुन्छ र हुनुपर्छ : प्रचण्ड

अर्थ प्लस
‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन्, चुनाव हुन्छ र हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दावी गरेका छन् । उनले कोहीपनि द्धिविदामा नरहन आग्रह गरेका छन् । 

आइतबार पोखरामा भएको प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै चुनावका लागि सरकार र छिमेकीहरु (चीन र भारत लगायत देशहरु) समेत सकारात्मक रहेको बताएका हुन् ।

‘कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ । उनले भने, ‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् । सरकार वार्ता बसिरहेको छ, चुनावका लागि ।’ उनले चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

सरकारले धेरै जनाधार भएको पार्टीलाई छोडेर जनाधार नै नभएको पार्टीसँग मात्रै संवाद गरिरहेको भन्दै उनले आफूहरुसँग संवाद गर्न चेतावनी दिएका छन् । 

सम्बन्धित समाचार