Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बाढीबाट ग्रस्त श्रीलंकालाई नेपालले दुई लाख अमेरिकी डलर प्रदान गर्ने

बाढीबाट ग्रस्त श्रीलंकालाई नेपालले दुई लाख अमेरिकी डलर प्रदान गर्ने

अर्थ प्लस
बाढीबाट ग्रस्त श्रीलंकालाई नेपालले दुई लाख अमेरिकी डलर प्रदान गर्ने

काठमाण्डौ । नेपाल सरकारले बाढीबाट ग्रस्त श्रीलंका सरकारलाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय गरको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि उक्त रकमबराबरको आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘ऐक्यबद्धताको भावनास्वरूप नेपाल सरकारले उद्धार तथा पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलरको सहयोग गर्ने निर्णय गरेको छ । यस विपत्तिबाट उठ्न श्रीलंकाली जनतामा रहेको दृढता र सहनशीलताप्रति नेपाल सरकार र नेपाली जनता पूर्ण विश्वास व्यक्त गर्छ।’

यस्तै बाढीले पुर्‍याएको क्षतिप्रति नेपाल सरकारले दुःख समेत व्यक्त गरेको छ।

श्रीलंकामा विगत एक सातादेखि निरन्तरको वर्षाका बाढीले ठूलो जनधनको क्षति भएको छ । जसमा कम्तिमा १९३ जनाको मृत्यु भएको छ। यस्तै, २०० भन्दा बढी व्यक्ति बेपत्ता छन्, र २० हजार भन्दा बढी घरहरू ध्वस्त भएका छन् भने १ लाख ८ हजार मानिसहरूलाई राज्यद्वारा सञ्चालित अस्थायी आश्रयहरूमा पठाइएको छ ।

अधिकारीहरूले देशको करिब एक तिहाइ भागमा बिजुलीको अभाव भएको र खानेपानीको समस्या देखिएको बताएका छन् । 

सम्बन्धित समाचार