काठमाडौं। नेपाल आयल निगमले डिजेल रमट्टितेलको मूल्य घटाएको छ। यस्तै, हवाई इन्धनको मूल्य बढेको छ। मंसिर १५ गतेदेखि लागू हुने गरी डिजल र मट्टितेलको मूल्य १ रुपैयाँले घटाइएको हो।
निगम सञ्चालक समितको निर्णयअनुसार पहिलो वर्गको १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १४५ रुपैयाँ र तेस्रो वर्गको १४६ रुपैयाँ तय भएको छ।
यस्तै, हवाई इन्धनको आन्तरिकतर्फ ६ रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रियतर्फ ४२ डलरले बढेको छ।
