Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नगद कारोबारको सीमा घटाइयो, पाँच लाखमाथि कारोबार अनिवार्य बैंकबाट

नगद कारोबारको सीमा घटाइयो, पाँच लाखमाथि कारोबार अनिवार्य बैंकबाट

अर्थ प्लस
नगद कारोबारको सीमा घटाइयो, पाँच लाखमाथि कारोबार अनिवार्य बैंकबाट

काठमाडौं। सरकारले नगद कारोबारको सीमा घटाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा पाँच लाख वा सोभन्दा बढीको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा कायम गरेको हो।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो। औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।

सम्बन्धित समाचार