काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छिन्।
छलफल आगामी मंसिर २२ गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तोकिएको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई उक्त मिति र समयमा उपस्थित हुन औपचारिक पत्र पठाएका छन्।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरिसकेका प्रसाईंले अब प्रधानमन्त्रीसँग प्रत्यक्ष वार्ता गर्ने अवसर पाएका हुन्। अभियानले उठाएका विषयहरूमा केन्द्रित रहेर यो छलफल हुने अपेक्षा गरिएको छ।
