Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

अर्थ प्लस
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

काठमाडौं । आवश्यक मर्मतका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुनेछ ।

दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवं  विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द हुने जनाएको छ । सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार