Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पोखरा विमानस्थल भ्रष्टाचारमा समावेशी आयोगका पूर्वअध्यक्ष विरूद्ध पनि मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचारमा समावेशी आयोगका पूर्वअध्यक्ष विरूद्ध पनि मुद्दा

अर्थ प्लस
पोखरा विमानस्थल भ्रष्टाचारमा समावेशी आयोगका पूर्वअध्यक्ष विरूद्ध पनि मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाविरूद्ध पनि मुद्दा चल्‍ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरका लागि अहिले विशेष अदालतमा फाइल पेस गरेको छ ।

स्रोतका अनुसार तिमिल्सिना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्‍डयन प्राधिकरणले नियुक्त गरेको तत्कालीन परामर्शदाता टोली संयोजक थिए । उनी सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार समेत हुन् ।

यसका साथै उड्डयन प्राधिकरणले नियुक्त गरेका तत्कालीन परामर्शदाता टोलीका सदस्य एवम् एयरपोर्ट इन्जिनयर डा.पुरूषोत्तम डंगोल, परामर्श टोलीका तत्कालीन सदस्य सेवा निवृत निर्देशक विनोदानन्द चौधरी भन्‍ने विनोदानन्द चौधरी मैथिल बाहुन रहेको अख्तियार स्रोतले बताएको छ ।

सम्बन्धित समाचार