Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, हकप्रद शेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेश गरिने

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, हकप्रद शेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेश गरिने

अर्थ प्लस
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, हकप्रद शेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेश गरिने

काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले आगामी पुस १४ गते बिहान ११ बजेदेखि विराटनगरस्थित होटल एयरपोर्टमा उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा पेश हुने मुख्य प्रस्तावहरूः

विशेष प्रस्तावहरू 

- १०० प्रतिशत (१ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्ने  
- हकप्रद निष्कासन तथा सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने  
- नियामक निकायबाट अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने  
- कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने  

साधारण प्रस्तावहरू  

- आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने  
- लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने  
- आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने  
- सर्वसाधारण शेयरधनी समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने  
- कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र हकप्रद शेयर प्राप्त गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार