Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

जाँचबुझ आयोगले सशस्त्र प्रहरीका आईजीलाई बयानका लागि बोलायो

जाँचबुझ आयोगले सशस्त्र प्रहरीका आईजीलाई बयानका लागि बोलायो

अर्थ प्लस
जाँचबुझ आयोगले सशस्त्र प्रहरीका आईजीलाई बयानका लागि बोलायो

काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिँदै छ । यसअघि मंसिर १७ देखि सुरु गरिएको काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान पूरा भएको छ ।

त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।कार्की भने जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन् । २३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट अर्थात भदौ २४ गते बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए ।

जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो ।अघिल्लो सातादेखि शुरु भएको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान भने सकिएको छ । तत्काली प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन् ।

पुगनपुग एक सातामात्रै अवधि बाँकी रहँदा आयोगले बयानको काम सकेको छैन । थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरु बाँकी भएकाले आयोगको समयावधि थप्नुपर्ने निश्चितजस्तै भइसकेको आयोगसम्वद्ध स्रोतले बतायो ।

सम्बन्धित समाचार