Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

अर्थ प्लस
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । 

आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ ।

काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

सम्बन्धित समाचार