काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेशका तराई भूभाग र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकाका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ ।
भोलि शुक्रबार देशभर मौसम मुख्यतया सफा रहने छ ।
