काठमाडौं । केही प्रदेशमा आंशिक बदली देखिए पनि आज देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, जबकि अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ।
बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रेकर्ड गरिएको विभागले जनाएको छ। दिउँसो तापक्रम बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
आइतबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो।
राति पनि देशभर मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेको उल्लेख गरिएको छ।
