Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, आक्रमणकारी बाबु छोरा भएको खुल्यो

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, आक्रमणकारी बाबु छोरा भएको खुल्यो

अर्थ प्लस
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ ।

आतङ्कवादी हमलाको रूपमा अनुसन्धान अगाडि बढाएको प्रहरीले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको सार्वजनिक गरेको हो।

प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने छोराको अवस्था चिन्ताजनक रहेको समाचारमा जनाइएको छ।

गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जना मारिएका छन्। मृतकको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

घटनामा अन्य ४२ जना घाइते भएका छन्। प्रहरीकाअनुसार ५० वर्षीय बन्दुकधारीसँग हतियारको इजाजतपत्र थियो। ती व्यक्तिको नाममा छ वटा हतियार दर्ता थिए। प्रहरीले घटनास्थलमा ६ वटा हतियार फेला पारेको छ।

घटनापछि उक्त क्षेत्रमा सयौं सुरक्षाकर्मी परिचालन भएका छन्। त्यहाँका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ‘दुष्टताको कार्य’ भनेका छन्।

सम्बन्धित समाचार