काठमाण्डौ – ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेका व्यक्तिहरु उमाकान्त चौधरी र सञ्जिव चौधरी हुन्।
सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिमा ऋणसम्बन्धी विषय बुझ्न पुगेका बैंक कर्मचारीमाथि दुर्व्यवहार गरिएको थियो।
