काठमाडाैं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। उनी १६६३ मत ल्याएर पुन: अध्यक्षमा निर्वाचित भएका हुन्।
उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएकाे छ। निर्वाचनमा २२२७ मत खसेको थियो।
