Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

रवि लामिछानेको चेतावनी– सहिदको रगत अझै सुकेको छैन

रवि लामिछानेको चेतावनी– सहिदको रगत अझै सुकेको छैन

अर्थ प्लस
रवि लामिछानेको चेतावनी– सहिदको रगत अझै सुकेको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदान अझै ताजा रहेको भन्दै चेतावनी दिएका छन्। थुनामुक्त भएपछि शनिबार (पुस ५) चितवनमा पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै उनले जनविद्रोहलाई कसैले जिस्काउने वा नियन्त्रण गर्ने प्रयास नगर्न चुनौती दिए।

लामिछानेले भदौ २३ गते गोली चलाइएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट उठेको विद्रोहलाई स्मरण गर्दै भने, “यो जनताको विद्रोह हो। यसलाई कुनामा पसेर जिस्काउने वा चलाउने आँट नगर, खबरदार।”

प्रतिनिधिसभा पुनः सक्रिय गर्ने प्रयासप्रति पनि उनले कडा आपत्ति जनाए। उनका शब्दमा, “जनताको विद्रोहलाई चुनौती दिने नाममा संसद् ब्युँताउने सोच राख्नेहरू होसियार! सहिदको रगत अझै सुकेको छैन, सहिदकी आमाको आँसु अझै ओभानो छ।”

सम्बन्धित समाचार