Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

हालसम्मकै उच्च बिन्दुमा चाँदी, सुनकाे मूल्य घट्याे

हालसम्मकै उच्च बिन्दुमा चाँदी, सुनकाे मूल्य घट्याे

अर्थ प्लस
हालसम्मकै उच्च बिन्दुमा चाँदी, सुनकाे मूल्य घट्याे

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । 

साथै, आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४१ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार