Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश दिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश दिने

अर्थ प्लस
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले हालको चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

हाल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ। नगद लाभांश वितरण गर्ने निर्णयले कम्पनीको प्रतिशेयर आम्दानीमा तत्काल दबाब नपर्ने र आगामी वर्षको वित्तीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ।

इन्स्योरेन्स क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच कम्पनीले दीर्घकालीन स्थायित्व र शेयरधनीको हितलाई प्राथमिकतामा राख्दै यो निर्णय गरेको जनाएको छ।

सम्बन्धित समाचार