काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि धरौटीमा रिहा भएका लामिछानेले थुनामुक्त भएलगत्तै प्रधानमन्त्रीसँग भेट भएकाे हाे।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, सुशासनका मुद्दा र आगामी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
झण्डै आठ महिनाको हिरासत बसाइपछि शुक्रबार रिहा भएका लामिछाने आजै पार्टी केन्द्रीय कार्यालय 'घण्टी घर' पुगेर कार्यभार सम्हालेका थिए।
भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्ने र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको जानकारी गराएकाे बुझिएको छ।
