Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सरकारविरुद्ध असन्तुष्ट जेनजी समूह आज प्रदर्शनमा उत्रिँदै

सरकारविरुद्ध असन्तुष्ट जेनजी समूह आज प्रदर्शनमा उत्रिँदै

अर्थ प्लस
सरकारविरुद्ध असन्तुष्ट जेनजी समूह आज प्रदर्शनमा उत्रिँदै

काठमाडौं । सरकारप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु गरेको छ। बिहान ११ बजे माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ।

आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगानाले भने, “हामी कुनै बाह्य प्रभाव वा परिचालनमा छैनौं। सुरुवातदेखि नै हाम्रा मागहरू स्पष्ट छन् र परिवर्तन भएका छैनन्। आन्दोलन शान्तिपूर्ण हुनेछ।”

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको १०० दिन पुगेकै दिन विभिन्न जेनजी समूहहरूले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले सरकारलाई जेनजीका माग र मुद्दा ‘अपहरण’ गरेको आरोप लगाएका छन्।

जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन–टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजी लगायतका समूहहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। त्यस्तै, अल–नेसन जेनजी, जेनजी एकता मञ्च, समता जेनजी पनि आन्दोलनमा सहभागी छन्।

३० भन्दा बढी जेनजी समूहको संयोजक मिराज ढुंगाना तोकिएका छन्। ढुंगाना, गरिखान देउ अभियानका संयोजक समेत हुन्। उनले भने, “सरकार हाइज्याक भएको छ। हाम्रो आन्दोलन चुनावी प्रवृत्तिका विरुद्धमा हो र म अग्रपंक्तिमा खटिनेछु।”

उनको भनाइमा, वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्मलाई बेवास्ता गरेको छ।

सम्बन्धित समाचार