काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस ७) मा छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।
आइतबार (पुस ६) प्रतितोला मूल्य दुई लाख ५८ हजार ३ सय रुपैयाँ थियो। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार प्रतितोला चार हजार १०५ रुपैयाँ रहेको चाँदी सोमबार १३० रुपैयाँ बढेर चार हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
