Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

अर्थ प्लस
वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

काठमाडौं, बैशाख १४ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । 

विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो। 

मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने हुन्छ ।

यतिलामो यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुका साथै लिखित आग्रह गरिएको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए। 

“खाना, खाजा तथा पानीसमेत नपाउँदा श्रमिकहरूले भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनिएपछि सरोकारवालालाई बोलाएर छलफल गर्यौ । छलफलपछि बुधबार नै सम्बन्धित निकायलाई जहाजको टिकटमै अत्यावश्यक सुविधा तोक्न आग्रह गरेका हौ”, घिमिरेले भने ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएकासम्बन्धमा पनि व्यवसायीलाई आफनो क्षेत्राधिकारभित्र रहेर काम गर्न सचेत गराइएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार