Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

ओलीलाई रविको व्यंग्य : गुन तिर्न अदालत धाउँदैछु

ओलीलाई रविको व्यंग्य : गुन तिर्न अदालत धाउँदैछु

अर्थ प्लस
ओलीलाई रविको व्यंग्य : गुन तिर्न अदालत धाउँदैछु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गरेका छन् ।
 
सोमबार तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुन लगाएको भन्ने गरेको र त्यही गुन तिर्नका लागि सबै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए । देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महसुस भएको उनको भनाइ छ । लामिछानेले अबको सात दिनभित्र सबै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाए ।
 
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए ।

सम्बन्धित समाचार