Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

अर्थ प्लस
एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।

एमसिए(नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

यसैगरी एमसिए-नेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिनेछ भने नारायणघाट-मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिनेछ ।

आज एक कार्यक्रमबिच एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा-कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्बन्धित समाचार